पूँजी बजार सुधार प्रतिवेदन कार्यान्वयन गर्न अर्थको निर्देशनपछि राष्ट्र बैंकले काम थाल्यो,समयमै कार्यान्वयन गर्ने


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
पूँजी बजार सुधार प्रतिवेदन कार्यान्वयन गर्न अर्थको निर्देशनपछि राष्ट्र बैंकले काम थाल्यो,समयमै कार्यान्वयन गर्ने

सुवास निरौला

अर्थ मन्त्रालयले पूँजी बजार सुधार सुझाव कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै पत्राचार गरेको छ। गत असोज ९ गते कार्यदलले उक्त प्रतिवेदन अर्थमन्त्री रामेश्वर खनाललाई बुझाएको थियो।

जुन दिन कार्यदलले प्रतिवेदन बुझायो सोही दिन अर्थ मन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयनको लागि निर्देशन दिएको जनाएको छ। “जुन दिन कार्यदलले प्रतिवेदन बुझायो सोही दिन सम्बन्धित सरोकारवालाहरूलाई निर्देशन दिइएको छ। सबै निकायलाई छुट्टाछुट्टै परिपत्र गरिएको छ। अर्थ मन्त्रालय अन्तर्गतको राजश्व महाशाखा, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएससीलाई परिपत्र गरिएको छ। उनीहरूले गर्नुपर्ने कार्य तोकिएको समय सीमा भित्र गरिसक्न भनिएको छ। प्रतिवेदनको एकप्रति छाया कपी परिपत्रसँगै पठाइको छ,” अर्थ मन्त्रालय वित्त व्यवस्थापन महाशाखाका अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले मेरो लगानीसँग भने।

Read More
  • EBL Ad news