काठमाडौँ — संस्थागत सामाजिक उत्तरदायित्व(सीएसआर) बापत खर्च गर्नुपर्ने रकम सरकारले स्थापना गरेको सार्वजनिक संरचना पुननिर्माण कोषमा जम्मा गर्न नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
बिमा कम्पनीहरुले पनि आफ्नो नाफाको कम्तिमा एक प्रतिशत रकम सीएसआरमा खर्च गर्नुपर्ने व्यवस्था छ । उक्त रकम पुननिर्माण कोषमा जम्मा गर्न प्राधिकरणले भनेको हो । यो निर्देशन बाध्यकारी नभइ स्वेच्छिक भएको प्राधिकरणले बताएको छ । पुननिर्माण कोषमा जम्मा गरिएको रकम बापत कम्पनीहरुले कर छुट पाउनेछन् ।