काठमाडौं : कुमारी बैंकले आफ्नो आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा बैंकले अघिल्लो वर्षको तुलनामा खुद नाफा २८.०४% ले बढोत्तरी गरेर गत आर्थिक वर्षको अन्त्यसम्म १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद ब्याज आम्दानी ४८.५५% ले बढाएर ३ अर्ब १ करोड ९४ लाख रुपैयाँ पुर्याएको छ ।
साथै, सञ्चालन नाफा ४२.६५% ले बढेर १ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ पुगेको छ । बैंकले रिजर्भ पनि १९.७७% ले बढाएर २ अर्ब १४ करोड ९७ लाख रुपैयाँ जम्मा गरेको छ । रिटेन्ड अर्निङ भने ३६.०२% ले घटेर ९७ करोड ७४ लाख रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर आम्दनी ०.८२ रुपैयाँ बढेर १५ रुपैयाँ ३६ पैसा पुगेको छ । बैंकको नेटवर्थ १३६ रुपैयाँ ६४ पैसा छ ।







