हालसम्मकै उच्च बिमा दाबी


  • KBL News Ad
  • ADBL
  • City Express
हालसम्मकै उच्च बिमा दाबी

 ‘जेनजी आन्दोलन’ का क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिले बिमा क्षेत्रको इतिहासमै ठुलो दाबी परेको छ । सङ्घीय राजधानी काठमाडौँसँगै देशव्यापी रूपमा भदौ २३ र २४ मा भएको आन्दोलनका क्रममा भौतिक संरचनामा भएको तोडफोड र आगजनीबाट उत्पन्न क्षतिको बिमा दाबी इतिहासकै सर्वाधिक भएको हो । 

नेपाल बिमा प्राधिकरणका अनुसार हालसम्म दुई हजार ४७८ वटा बिमा दाबी दर्ता भई जम्मा २२ अर्ब २५ करोड ६५ लाख रुपियाँ बराबरको दाबी आएको छ । यस्तो दाबी बढ्ने क्रम जारी छ ।

यसअघि २०७२ वैशाख १२ र २९ गते गएको विनासकारी भूकम्पका कारण भएको क्षतिमा साढे १७ हजार बिमाको १७ अर्ब ६५ करोड रुपियाँको बिमा दाबी परेको थियो ।  ....

  • EBL Ad news