रसुवा र तातोपानी भन्सार नाका अवरुद्ध भएपछि चीनसँगको व्यापार सहजीकरण गर्न मुस्ताङ जिल्लास्थित नेचुङ (कोरला नाका) बाट व्यापार सुरु भएको छ।
२०८२ भदौ ३० गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालयले ६ दिनमा ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन गरेको हो।
भन्सार विभागका अनुसार असोज ४ गतेसम्मको अवधिमा यो नाकाबाट २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालवाहक ढुवानी साधनमा रहेका विभिन्न वस्तुहरू जाँचपास भएका छन्।