नेप्सेमा लगातार दुई पटक नकारात्मक सर्किट ब्रेक, कारोबार रोकियो


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
नेप्सेमा लगातार दुई पटक नकारात्मक सर्किट ब्रेक, कारोबार रोकियो

काठमाडौँ, असोज २ — सत्ता परिवर्तनपश्चात पहिलो दिन खुलेको शेयर बजारमा लगातार दुई पटक नकारात्मक सर्किट ब्रेक लाग्दा कारोबार स्थगित भएको छ।

बिहीबार बिहान ११:२२ बजे बजार खुलेलगत्तै नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लागू भई २० मिनेटका लागि कारोबार रोकिन्थ्यो। पुनः खुलेको बजार एक मिनेटमै थप गिरावट देखिएर ५ प्रतिशतले घट्दा दोस्रो सर्किट ब्रेक लागी कारोबार ४० मिनेटका लागि स्थगित भएको हो।

यसरी, बजार खुलेको तीन मिनेटमै नेप्से परिसूचकमा लगातार दुई चरणको सर्किट ब्रेक लाग्दा सेयर कारोबार अस्थायी रूपमा बन्द भएको छ।

  • EBL Ad news