गत भदौ २३ गते सोमबार भएको कारोबारको राफसाफ तथा फछर्यौट अनिश्चित भएको छ । सिडिएस एण्ड क्लियरिङ्गले २३ गते सोमबार भएको कारोबारको राफसाफ तथा फछर्यौट सेवा स्थगन गरिएको जानकारी गराएको हो ।
धितोपत्र कारोबार राफसाफ तथा फछर्यौट बिनियमावली २०६९ को विनियम २८ बमोजिम सो दिनको कारोबार राफसाफ तथा फछर्यौट प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको सिडिएसीले उल्लेख गरेको छ ।








