जेनजी आन्दोलनको असर: शेयर बजार असोज ५ गतेमात्र खुल्ने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
जेनजी आन्दोलनको असर: शेयर बजार असोज ५ गतेमात्र खुल्ने

काठमाडौं, ७ भदौ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने जनाएको छ। धितोपत्र बोर्डको निर्देशनअनुसार धितोपत्र ऐन २०६३ को दफा ९० बमोजिम बजार ५ दिनसम्म बन्द गर्न मिल्ने प्रावधानअनुसार यो निर्णय गरिएको हो।

जेनजी आन्दोलनपछि भदौ २४ गतेदेखि बन्द भएको बजार आगामी असोज ५ गते आइतबारबाट मात्र खुल्ने सम्भावना छ। लगानीकर्ता बजार खोल्ने वा बन्द राख्ने विषयमा विभाजित छन्—केहीले बजार खोल्नुपर्ने बताएका छन् भने धेरैजसोले मनोबल कमजोर भएको अवस्थामा बन्द लम्ब्याउनुपर्ने धारणा राखेका छन्।

  • MBL - below news
  • EBL Ad news