वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ९ हजार ९३८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि गत भदौ ११ गतेदेखि १६ गतेसम्म निष्काशन गरेको थियो।

सो शेयरमा कुल ६४ हजार ८१२ जनाले १० लाख १५ हजार ४७० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ६४ हजार ७९ कित्ता आवेदन स्वीकृत भएको थियो भने १३ आवेदन रद्द भएको थियो।

Read More
  • MBL - below news
  • EBL Ad news