भारतीय औद्योगिक घराना टाटा समूहको लगानी रहेको टाटा क्यापिटलले सन् २०२५ भित्रै १ खर्ब ७२ अर्ब (१७ हजार २०० करोड) भारतीय रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।
यो सन् २०२५ मा भारतकै सबैभन्दा ठूलो आईपीओ निष्कासन हुनेछ भने भारतीय इतिहासकै चौथो ठूलो आईपीओ निष्कासन हुनेछ ।
टाटा क्यापिटल टाटा सन्सको सहायक कम्पनी हो, जसमा टाटा सन्सको कुल होल्डिङको ९३५ हिस्सा छ । कम्पनीले सन् २०२५ को पहिलो ३ महिना अर्थात मार्चसम्म खुद नाफा ३१५ ले बढेर १,००० करोड पुगेको छ ।








