बीमा कम्पनीहरूलाई लगानी निर्देशन जारी, अब कति गर्न पाउँछन् सेयरमा लगानी?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
बीमा कम्पनीहरूलाई लगानी निर्देशन जारी, अब कति गर्न पाउँछन् सेयरमा लगानी?

जीवन बीमा कम्पनीहरूले सूचीकृत कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतसम्म संस्थापक वा सर्वसाधारण सेयरमा लगानी गर्न पाउने भएका छन्। 

जीवन बीमा कम्पनीहरूले आफ्नो कुल लगानीको पनि १५ प्रतिशतसम्म यस्ता कम्पनीमा सेयर लगानी गर्न पाउँने भएका छन्।  

बीमा प्राधिकरणले बीमकको लगानी सम्बन्धी निर्देशन २०८२ जारी गर्दै यस्तो व्यवस्था गरेको हो।  
यसअघि जीवन बीमा कम्पनीहरूले आफ्नो कुल लगानीको १० प्रतिशतसम्म मात्रै यस्ता कम्पनीमा लगानी गर्न पाउने व्यवस्था थियो।

त्यस्तै, लगानी गरिने कम्पनीहरूको पनि चुक्ता पुँजीको पाँच प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था २०८० को निर्देशनमा थियो। 

Read More
  • MBL - below news
  • EBL Ad news