साञ्जेन र रसुवागढीको सेयर भोलि सूचिकरण हुँदै


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
साञ्जेन र रसुवागढीको सेयर भोलि सूचिकरण हुँदै

लामो समयको प्रतिक्षापछि साञ्जेन र रसुवागढी हाइड्रोपावरको सेयर दोश्रो बजारमा सूचिकरण हुने भएको छ ।  राष्ट्रिय महत्वका यी दुई जलविद्युत कम्पनीको सेयर दोश्रो बजारमा सूचिकरणका लागि सोमबार(भोलि) नेप्सेसँग सम्झौता हुने भएको हो ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले सोमबार दिउँसो ३ः३० बजे साञ्जेन र रसुवागढीको सेयर सूचिकरणको सम्झौता हुने जानकारी दिए । आइपीओ बाँडफाँड भएको करिब साढे तीन महिनापछि यी दुई हाइड्रोपावरको सेयर नेप्सेमा सूचिकृत हुने भएको हो । रसुवागढीले १०० रुपैयाँ अंकित दरले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको  १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपीओ निश्कासन गरेको थियो । 

 

Read More
  • MBL - below news