काठमाडौं । बाजेको सेकुवाले पनि सर्वसाधारण लगानीकर्तामा आईपीओ निष्कासन गर्ने भएको छ । भदौ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्तावसहित असोज २ गते १६औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय बत्तिसपुतली, काठमाडौंमा दिनको ३ बजे शुरु हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ ।








