स्काइलाइन इन्फ्राले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक हिमालय सेक्युरिटिज


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
स्काइलाइन इन्फ्राले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक हिमालय सेक्युरिटिज

स्काइलाइन इन्फ्रा लिमिटेडले सर्वसाधरणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ जारी गर्नका लागि स्काइलाइन इन्फ्राले हिमालय सेक्युरिटिज बैंकर लिमिटेडसँग सम्झौता गरेको छ।

यस सम्झौताले स्काइलाइन इन्फ्रा लिमिटेडलाई नयाँ व्यवसायिक यात्रा तथा कम्पनीको विस्तारमा थप सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । 

सम्झौताको हस्ताक्षरमा स्काइलाइन इन्फ्राको तर्फबाट राजेश अग्रवाल (संस्थापक), सत्यनारायण केयल (संस्थापक), सुभाष अग्रवाल (संस्थापक, राजेश हार्डवेयर प्रालि), विनोद श्रेष्ठ (संस्थापक), प्रतीक अग्रवाल (अध्यक्ष), आकृति अग्रवाल (सञ्चालक), अंकुर भंगर अग्रवाल (सञ्चालक) र सञ्जय रौनियार (प्रमुख वित्त अधिकृत) तथा वडा कार्यालयको तर्फबाट सुशिल कुमार कानु (वडाअध्यक्ष, १० नं. वडा कार्यालय, वीरगञ्ज म.न.पा.), सिद्धान्त झुन्झुन्वाला (मान्यताप्राप्त लेखापरीक्षक, सुभाष एण्ड कम्पनी) तथा कमलमोहन पोखरेल (कानूनी सल्लाहकार) ले प्रतिनिधित्व गरेका थिए । 

Read More
  • MBL - below news
  • EBL Ad news