मौद्रिक नीतिले पोलिसी विक्रीमा लगाएको रोकले खासै असर गर्दैन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मौद्रिक नीतिले पोलिसी विक्रीमा लगाएको रोकले खासै असर गर्दैन

बीमा समितिले हालै प्रस्तुत गरेको तथ्यांक अनुसार बीमाको दायरा १८ प्रतिशत जनतामा पुगेको छ । त्यसमा  पनि बैंकहरुले बैंकाइन्सुरेन्स भन्दै बेच्दै आएका बीमा पोलिसीको मात्रै करिब ३ प्रतिशत योगदान रहेको देखिन्छ । यो पृष्ठभूमिमा हालै राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकहरुले बेच्दै आएका त्यस्ता पोलिसिलाई बेच्न नपाउने घोषणा गर्यो । उक्त घोषणासंगै हाल २ अर्ब भन्दा बढीको बीमाको प्रिमियम संकलन गर्दै आएका बैंक र बैंकाइन्सुरेन्सको नाममा आफ्नो ब्यवसाय बढाइरहेको इन्सुरेन्स सेक्टरमा ठुलो हलचल मच्चिएको छ । 

प्रस्तुत छ, अप्रत्यासित रुपमा आएको यस्तो घोषणालाई बीमा समितिले कसरी लिएको छ भन्ने जिज्ञासाका साथै बीमा कम्पनीहरुलाई  चुक्ता पुंजी वृद्धिको लागि दिईदै आएको दवाब र हालै  फोर्स मर्जरमा समेत जान सकिने गरि ल्याएको मर्जर सम्बन्धि निर्देशिका  लगायतका बिषयमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसंग आर्थिकन्युजका लागि बिजय फुयालले गरेको  कुराकानीको सम्पादित अंश : 


नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिमा बैंकहरुले बीमा पोलिसी बिक्री गर्ने सम्बन्धमा रोक लगाएको छ, यसले बीमा क्षेत्रमा कस्तो प्रभाव पर्ला ?

 

बीमा समितिले बैंकहरुलाई संस्थागत अभिकर्ताको इजाजत पत्र दिएको हो । संगठित बीमा ऐनमा व्यवस्था भए अनुसार  बैंकलाई संगठित अभिकर्ताको इजाजत पत्र दिइएको हो । राष्ट्र बैंकले जारि गरेको नियमावलीमा पनि बैंकहरुले बीमा अभिकर्ता भई कार्य गर्ने भन्ने उल्लेख छ । त्यसैअनुसार बैंकहरुले अभिकर्ताको कार्य गरेका हुन् ।

समग्रमा तथ्यांक हेर्दा बैंकहरुले ३ प्रतिशत अभिकर्ताको कार्य गरेको देखिन्छ । अहिले बीमा अभिकर्ताहरु ७७ वटै जिल्लामा पुगिसकेको हुनाले उक्त नीतिले खासै असर पर्छ जस्तो मलाई लाग्दैन । 

अहिलेको मौद्रिक नीतिले केही रुपमा निरुत्साहित गरेता पनि वास्तवमा बैंकहरुको नियमक निकाय नेपाल राष्ट्र बैंक भएकाले राष्ट्र बैंकले बैंकहरुलाई त्यस्तो नीति ल्याएको होला । पछिल्लो समयमा बीमाको दायरा बढाउने सन्दर्भमा बैंकहरुले केही काम गरेका थिए । बैंकहरुले आक्रामक रुपमा बजार विस्तारमा लागेको हुनाले बीमाका कुरालाई पनि साथै लिएर गएका हुन् । समग्रमा तथ्यांक हेर्दा बैंकहरुले ३ प्रतिशत अभिकर्ताको कार्य गरेको देखिन्छ । अहिले बीमा अभिकर्ताहरु ७७ वटै जिल्लामा पुगिसकेको हुनाले उक्त नीतिले खासै असर पर्छ जस्तो मलाई लाग्दैन । 

अझै धेरै ठाउँमा बीमाका अभिकर्ता पुग्न नसकिरहेको अवस्था छ, त्यो स्थितिमा बैंकमार्फत बीमा पोलीसी बिक्री भइरहेको थियो, त्यसलाई त प्रभाव पार्ने भयो नि होइन ? 

.............

Read More
  • MBL - below news