काठमाण्डौ । प्रमुख वित्तीय सूचकहरुमा प्रगति गर्दै सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १८.५८ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ ।
चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ६५ करोड रुपैयाँ वितरणयोग्य मुनाफ आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकले २ अर्ब ३० खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा खुद नाफा बैंकले २१.२५ प्रतिशतले बढाएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९० करोड खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी ४ अर्ब ६७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । यले बैंकले व्यवसाय विस्तारमा पनि आक्रामक गति लिएको देखाउँछ ।
बैंकको सञ्चालन मुनाफा ३ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो। अघिल्लो वर्ष ३ अर्ब ९३ करोड रुपैयाँ रिजर्बको आकार बढाएर बैंकले ४ अर्ब ४१ करोड रुपैयाँको पुर्याएको छ ।
बैंकले रिटेन अर्निङतर्फ ४०.४५ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष १ करोड १८ करोड रुपैयाँ रिटेन अर्निङ रहेको बैंकको समीक्षा अवधिमा १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।