दरमखोला हाइड्रो इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओ साउन २९ गते बिहीबार बिहान ९ः३० बजे गोलाप्रथाबाट बाँडफाँड गरिनेछ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ७२ हजार ९२६ जनाले आवेदन दिएका छन्। कुल आवेदन २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरका २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि परेको छ, जुन मागभन्दा ११.६६ गुणा बढी हो।








