काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेले साउन २६ गते (भोलि)देखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८ दशमलव ९९९८ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जारी पूँजीको १० प्रतिशतले हुन आउने ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ५० हजार ४७१ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकिएको छ ।








