एनसिसि बैंकले एफपीओ जारी गर्ने, बिसौं र एक्काइसौ सभा भदौ २३ गते


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनसिसि बैंकले एफपीओ जारी गर्ने, बिसौं र एक्काइसौ सभा भदौ २३ गते

नेपाल क्रेडिट एण्ड कमर्श ( एनसिसि) बैंकको २० औं र २१ औं वार्षिक साधारण सभा भदौ २३ गते हुने भएको छ । 

सभाको विशेष प्रस्तावमा सार्वजानिक निस्काशन एफपीओ जारी गर्ने प्रस्ताव रहेको छ ।  सो प्रस्तावलाई पारित गर्न शेयरधनीहरुलाई बैंकले सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौंमा बोलाएको हो । 

साधारण सभामा दुई आवको वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने र आव २०७४/ ०७५ को नाफाबाट १५ दशमलव ८९ प्रतिशत वोनस र शून्य दशमलव ८३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  सभाले  सञ्चालक समितिमा संस्थापकबाट तीन जना र सर्वसाधारणबाट एक जना महिलासहित गरी तिन जनाको निर्वाचन गर्नेछ । 

बैंकले सहायक कम्पनी स्थापना गरी धितोपत्र दलाल व्यवसाहीको काम गर्ने र बैंक अन्य उपयुक्त बैंक संँग गाभ्ने वा गाभिने तथा प्राप्त गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी पनि दिने  भएको छ । बैंकको साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका साउन २६ गते एक दिन बन्द हुने भएको छ । 

Read More
  • MBL - below news