हिमालयन बैंकमा रहेको शेयर नेशनल लाइफलाई बेच्न हबिब सहमत


  • KBL News Ad
  • ADBL
  • City Express
हिमालयन बैंकमा रहेको शेयर नेशनल लाइफलाई बेच्न हबिब सहमत

काठमाडौं । पाकिस्तानको हबिब बैंक आफूसँग रहेको हिमालयन बैंकको संस्थापक शेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई विक्री गर्न सहमत भएको छ । 

हिमालयन बैंकको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता शेयर प्रतिकित्ता ११८ रुपैयाँ ८८ पैसाको दरले किन्न नेशनल लाइफ इन्स्योरेन्सले गरेको प्रस्ताव हबिबले स्वीकार गरेको हो । 

हिमालयन बैंकबाट हबिबले प्रस्तावमा सहमति जनाएको जानकारी आएको नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले आर्थिक अभियानलाई बताए । ‘हामीले संस्थापक शेयर किन्न गरेको प्रस्ताव हबिबले स्वीकार गरेको जानकारी आएको छ,’ उनले भने । ‘अब नियामकबाट स्वीकृति पाएपछि प्रक्रिया अघि बढ्छ ।’

Read More
  • EBL Ad news