गैरआवासीय नेपाली संघ(एनआरएन)ले सिडिएस एण्ड क्लियरिङ लिमिटेडले हालै नेपाल धितोपत्र बोर्डसमक्ष पेस गरेको संस्थापक सेयरको आभैतिकरण गर्ने प्रस्ताव पुर्नविचार गर्न आग्रह गरेको छ ।
संघले एक विज्ञप्तिमार्फत सीडीएससीले धितोपत्र बजारमा सेयरको सार्वजनिक निष्कासन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरूको संस्थापक समूहको सेयर अभौतिकीकरण प्रक्रियामा संस्थापक र सर्वसाधारण सेयर गरी दुई वटा (इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर)आईजीन नम्बरको व्यवस्था गर्ने भनेर प्रस्ताव पुर्नविचार गर्न सरकार समक्ष माग गरेको हो ।
उक्त प्रस्तावले नेपालको पूँजी बजार, लगानी वातावरण, र गैरआवासीय नेपालीको लगानी नेपालमा ल्याउने योजनामा नकारात्मक असर पार्ने संघको दाबी छ ।
यस्तो प्रस्ताव कार्यान्वयनमा गएमा बिदेशमा बसोबास गर्ने नेपाली संस्थापक लगानीकर्तामा भ्रम र निराशा फैलिने, शेयर कारोबारमा अन्योल बढ्ने, तथा दीर्घकालीन रूपमा पूँजी बजारको स्थायित्व र पारदर्शितामा गम्भीर असर पर्ने संघको भनाइ छ ।








