अबदेखि सेयर कारोबारका लागि ब्रोकर कम्पनीमार्फत खोलिने कारोबार खातामा ग्राहकको राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ग्राहक पहिचान (केवाईसी) विवरणलाई राष्ट्रिय परिचय पत्रसँग जोड्न निर्देशन दिएसँगै यो व्यवस्था लागू गरिएको हो।
सेबोनको निर्देशनअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सम्पूर्ण ब्रोकर तथा कारोबार सदस्यहरूलाई नयाँ ग्राहकको खाता खोल्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा लिने व्यवस्था गर्न अनुरोध गरेको छ। अबदेखि ग्राहकले आफ्नो केवाईसी फारम भर्दा राष्ट्रिय परिचय पत्रको नम्बर अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ।







