काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत निरजविक्रम शाहले आफ्ना कम्पनी र जग्गामा मात्रै एक अर्बभन्दा बढी कर्जा लिएको पाइएको छ ।
२०६६ सालमा अकाउन्टेन्टबाट बैंकमा प्रवेश गरेका शाह सिनियर म्यानेजर, निमित्त सिइओ हुँदै २०८० सालमा प्रमुख कार्यकारी अधिकृत भएका थिए । उनले व्यक्तिगत फाइदाका लागि बैंकको बचत रकम हिनामिना गरी दुरुपयोग गरेको अरोप छ ।

 
                                    





