काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यलय बाँकेले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको मुद्दा आज दर्ता नहुने बताएको छ । प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन अन्तिम चरणमा पुगेको र आजै मुद्धा दर्ता गर्ने भनिएपनि प्रतिवादीहरुको हस्ताक्षर संकलमा अझै २ घण्टा समय लाग्ने भएकाले मुद्धा गर्न ढिलाई भएको जिल्ला सरकारी वकिल कार्यालय बाँकेका सहायक जिल्ला न्यायाधिवक्ता गोविन्द बहादुर शाहीले जानकारी दिए । उनले भने ‘ प्रतिवादीहरुको हस्ताक्षर संकलमा अझै २ घण्टा समय लाग्ने भएकाले आज नभ्याईने भयो, भोली बिहान १० बजेपछि दर्ता गर्ने तयारी गरिरहेका छौं ।’

 
                                    





