कर्णाली डेभलपमेन्ट बैंक प्रकरण: १११ जनाविरुद्ध आज मुद्दा दर्ता हुँदै


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
कर्णाली डेभलपमेन्ट बैंक प्रकरण: १११ जनाविरुद्ध आज मुद्दा दर्ता हुँदै

काठमाडौं : जिल्ला सरकारी वकिलको कार्यलय बाँकेले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको मुद्दा आज दर्ता गर्ने भएको छ ।

प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन अन्तिम चरणमा पुगेकाले आज मुद्दा दर्ता गर्ने तयारी रहेको जिल्ला सरकारी वकिल कार्यालय बाँकेका सहायक जिल्ला न्यायाधिवक्ता गोविन्द बहादुर शाहीले जानकारी दिए । 

नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसको अनुसन्धान गरेको थियो । सीआईबीको अनुसन्धानले बैंकमा करिब ३ अर्ब २० करोडबराबरको बैंकिङ कसुर भएको निष्कर्ष निकालेको छ । 

Read More
  • EBL Ad news