नेप्सेको पूर्ण स्व:चालित अनलाईन कारोबार प्रणाली सुरुवात भएको ९ महिना बितिसक्दा पनि १७ वटा ब्रोकरमा एक सय भन्दा कम लगानीकर्ताले अनलाईन युजर आईडी लिएका छन्। कूल ५० वटा ब्रोकरमध्ये १६ वटा ब्रोकरमा औसतभन्न्दा धेरै खाता खुलेको छ।
नेप्सेले उपलब्ध गराएको तथ्यांकअनुसार साउन १७ गतेसम्ममा कूल ५० वटा ब्रोकर कम्पनीहरुबाट १३ हजार १२२ जना लगानीकर्ताले युजर लिएका छन्। ब्रोकरहरूबाट अनलाईन कारोबार प्रणालीको युजर लिने लगानीकर्ताको औसत संख्या २६२ जना रहेको छ ।
नेपाल स्टक एक्सचेञ्जको पूर्ण स्व:चालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएको ९ महिना पुग्नै लाग्दा औसतमा ३३ वटा ब्रोकरहरूले १०० भन्दा धरै अनलाइन खाता खोलेका छन् भने १७ वटा ब्रोकर कार्यालयले त अझै १०० पनि खाता खोल्न नसकेको देखिएको छ ।







