काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि भदौ ४ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । साउन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल हिमालयन, कुपण्डोल, ललितपुरमा अपरान्ह ३ बजे सभा गर्ने निर्णय गरेको हो ।








