काठमाडौं : नयाँ क्षेत्रमा लगानी खुलाउने गरी सरकारले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसम्बन्धी कानुन संशोधन शुरु गरेको छ।
अर्थ मन्त्रालयले नागरिक लगानी कोष ऐन २०४७ र कर्मचारी सञ्चय कोष २०१९ को संशोधन हुन लागेको जानकारी दिएको छ।
अर्थ मन्त्रालयले बजेटको व्यवस्था कार्यन्वयन हुने गरी कोषको ऐन संशोधन गर्ने लागेको जानकारी दिएको छ। सरकारले आर्थिक वर्ष २०८२-०८३ को बजेट वक्तव्यको बुँदा नम्बर ३३० मा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्यिुटी र भेन्चर्स क्यापिटलमा लगानी गर्न सक्ने गरी कानुनी व्यवस्था गर्न लागेको जनाएको छ।








