कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्बभन्दा बढी अपचलन : सञ्चालक, कर्मचारी र नियामकको मिलेमतोले बैंक टाट पल्टिने अवस्थामा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्बभन्दा बढी अपचलन : सञ्चालक, कर्मचारी र नियामकको मिलेमतोले बैंक टाट पल्टिने अवस्थामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन जिम्मा लिएको कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब रुपैयाँभन्दा बढी अपचलन भएको पाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५ महीनाभन्दा बढी समय लगाएर गरेको अनुसन्धानले बैंकका सञ्चालक, उच्च पदस्थ कर्मचारी तथा नेपाल राष्ट्र बैंकबाट अनुगमनमा खटिएका अधिकारीको मिलेमतोमा बैंकलाई टाट पल्टाउने गरी गम्भीर अनियमितता भएको निष्कर्ष निकालेको हो ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा बैंकको सम्पत्ति ५ अर्ब ७४ करोड रुपैयाँ थियो । त्यसको करीब ५६ प्रतिशत हिनामिना भएको पुष्टि गर्दै सीआईबीले ३ अर्ब २० करोड रुपैयाँ बराबरको बिगो कायम गरी १११ जनाविरुद्ध मुद्दा चलाउन सिफारिश गरेको छ । प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदन बिहीवार सरकारी वकिलको कार्यालयमा बुझाएको हो । सीआईबीका प्रवक्ता युवराज खड्काले भने, ‘बाह्य वित्तीय विवरण राम्रो देखाइए पनि, भित्री संरचना पूर्णतः खोक्रो भइसकेको पाइएको छ । अब कानूनी प्रक्रियाबाट असुलउपर गर्नुपर्छ ।’

Read More
  • EBL Ad news