नेपालमा डिजिटल माध्यमबाट कारोबार गर्ने पुरुष ५८ र महिला ३६ प्रतिशत


  • ADBL
  • City Express
नेपालमा डिजिटल माध्यमबाट कारोबार गर्ने पुरुष ५८ र महिला ३६ प्रतिशत

काठमाडौँ — नेपालमा डिजिटल कारोबार बढिरहँदा यसमा लैंगिक असमानता कायमै रहेको पाइएको छ । विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल फिन्डेक्स २०२५’ प्रतिवेदनअनुसार नेपालमा ५८ प्रतिशत पुरुषले डिजिटल भुक्तानी विधि प्रयोग गर्ने गरेकामा महिला प्रयोगकर्ताको संख्या ३६ प्रतिशत मात्रै छ ।

यसमा समग्र दक्षिण एसियाको औसत लैंगिक अन्तर १५ प्रतिशत रहेकामा नेपालमा भने डिजिटल भुक्तानी सेवा लिने महिला र पुरुषबीच २२ प्रतिशतको अन्तर देखिएको हो ।

Read More