काठमाडौं । भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालक कम्पनीहरूलाई अब लाभांश वितरण गर्नुअघि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने भएको छ ।
केन्द्रीय बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्था (बैंक तथा वित्तीय संस्थाबाहेक)का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२’ जारी गर्दै लाभांश वितरण प्रक्रियामा कडाइ गरेको हो ।
भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्था बैंक तथा वित्तीय संस्थाबाहेकले आर्जन गरेको मुनाफाको बाँडफाँड तथा लाभांश वितरणसम्बन्धी व्यवस्थालाई पारदर्शी एवं व्यवस्थित बनाउने उद्देश्यले उक्त मार्गदर्शन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।