काठमाडौं । ट्रेड टावर लिमिटेड धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ । मंगलवार ८१ लाख ५६ हजार ९७ कित्ता शेयर सूचीकृत गर्दै कम्पनी दोस्रो बजारमा सूचीकृत भएको हो । कुल कित्ता शेयरमध्ये सर्वसाधारण तर्फको ३९ लाख ७१ हजार ६९३ कित्ता र संस्थापक तर्फको ४२ लाख ८४ हजार ४०४ कित्ता शेयर दोस्रो बजारमा सूचीकृत भएको हो ।
यी शेयर बुधवारदेखि कारोबारमा आउनेछ । संस्थापक तर्फको र सर्वसाधारणतर्फको कर्मचारी र सामुहिक लगानीकोषको स्वामित्वमा रहेको शेयर भने लकइनमा रहनेछ । सामूहिक लगानीकोषको स्वामित्वको शेयर सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिले ६ महिनासम्म लकइनमा रहनेछ भने संस्थापक र कर्मचारीतर्फको शेयर भने तीन वर्षसम्म लइकनमा रहनेछ ।







