रसुवागढी हाइड्रोपावर लिमिटेडको शेयर लगानीकर्ताको डिम्याट खातामा आउँन लागेको छ । सिडीएससीमा शेयर सूचीकरणको प्रक्रिया सकिएपछि बिहिबार देखि शेयर डिम्याट खातामा आउँन थालेको हो ।
आयोजनाका प्रमुख छवि गैरेले सिडीएस तर्फको शेयर सूचीकरण प्रक्रिया सकिएको र अब नेप्से तर्फको केहि काम बाँकि रहेको बिजपाटीलाई जानकारी दिए । उनका अनुसार नेप्सेतर्फको काम पनि १-२ दिन मै सकिने भएकोले लगानीकर्ताले अर्को साता देखि कम्पनीको शेयर कारोबार गर्न पाउने छन् ।
त्यस्तै सान्जेंन जलविद्युत कम्पनीको शेयरको सूचीकरण प्रक्रिया पनि अन्तिम चरणमा पुगेको कम्पनीका सीइओ किरण कुमार श्रेष्ठले बताएका छन् । उनले सान्जेनको शेयर पनि छिट्टै लगानीकर्ताको डिम्याट खातामा आउने बताए । उनका अनुसार सिडीएससंग शेयर सूचीकरणको लागि सम्झौता भई सकेको छ भने नेप्सेसँग अर्को साता सम्झौता हुनेछ ।






