नेपाली पैसाकाठमाडौं : भारत विश्वको सबैभन्दा छिटो भुक्तानी (फास्ट पेमेन्ट) गर्ने देश बनेको छ । यूपीआईको तीव्र विकासका कारण भारत फास्ट पेमेन्टमा सबैभन्दा अगाडि आएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले एक टिप्पणीमा जनाएको छ । यससँगै भारतमा डेबिट कार्ड, क्रेडिट कार्ड लगायतका अन्य भुक्तानी माध्यमहरुको प्रयोग भने घट्दो क्रममा रहेको उल्लेख छ ।भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) एक तत्काल र रियल टाइम भुक्तानी प्रणाली हो । जो मोबाइल फोनमार्फत बैंकबीचको कारोबार सजिलो बनाउन भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इंडिया (एनपीसीआई) ले विकास गरेको हो । आइएमएफको फिनटेक नोट अनुसार, सन् २०१६ मा सुरु भएदेखि यूपीआईले तीव्र गति हासिल गरेको छ ।