हिम स्टार कम्पनीले निष्कासन गरेको साधारण शेयर (आईपीओ)मा माग भन्दा बढी आवेदन परेको छ ।
सीडीएससीको तथ्यांक अनुसार बिहीबार ११ लाख २९ हजार ७५६ जना आवेदकबाट एक अर्ब ३४ करोड रुपैयाँको एक करोड ३४ लाख ३९० कित्ताका लागि आवेदन परेको छ । यो माग भन्दा १९.०२ गुणा बढी हो ।माग भन्दा धेरै आवेदन परे गोलाप्रथाबाट बाँडफाँट हुन्छ । कम्पनीले गत असार २४ गतेदेखि सर्वसाधारणका लागि शेयर जारी गरेको हो । कम्पनीले ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो । निष्काशन बन्द छिटोमा असार २७ गते हुनेछ ।








