काठमाडौं : हिम स्टार ऊर्जा कम्पनीको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । आज मंगलबार (असार २४ गते) साँझ ५ः०६ बजेसम्ममा ५ लाख २० हजार २६७ जना सर्वसाधारण आवेदकले ६२ लाख ६२ हजार २५० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले मंगलबारदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा ७ लाख ७३ हजार ९७५ कित्ता सेयर निष्कासन गरेको हो ।








