विकाश हाइड्रोपावरको आईपीओमा माग भन्दा ६ गुणा बढीको आवेदन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
विकाश हाइड्रोपावरको आईपीओमा माग भन्दा ६ गुणा बढीको आवेदन

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा सर्वसाधारणका लागि निष्काशन गरिएको आईपीओमा अत्यधिक आवेदन परेको छ । कम्पनीले २०८२ सालको असार १८ गतेदेखि २२ गतेसम्म खुला गरेको २९ लाख ४२ हजार ७६० कित्ता साधारण शेयरमा मागभन्दा करिब ६ गुणा बढी आवेदन परेको देखिएको छ ।

प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस आईपीओमा असार २० गतेसम्म १४ लाख ७८ हजार ८३९ जनाले आवेदन दिएका छन् । ती आवेदकहरूले कूल १ करोड ८२ लाख २४ हजार ३२० कित्ता शेयरको लागि आवेदन दिएका छन् । कम्पनीको जारी पूँजीको ३० प्रतिशत हिस्सा सर्वसाधारणका लागि निष्काशन गरिएको हो ।

Read More
  • MBL - below news
  • EBL Ad news