सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङ बीच विद्युतीय ट्याक्सी कर्जा सम्बन्धी सम्झौता


  • KBL News Ad
  • ADBL
  • City Express
सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङ बीच विद्युतीय ट्याक्सी कर्जा सम्बन्धी सम्झौता

सिद्धार्थ बैंक लिमिटेड र टाटाका लागि नेपालमा आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. बीच विद्युतीय ट्याक्सी कर्जा सुविधा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

उक्त सहकार्यअनुसार, सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्स अन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने छन् र सो कर्जाको अवधि ५ वर्ष रहेको छ । 

सिद्धार्थ बैंकले यस सम्झौतामार्फत दिगो बैंकिङ अभ्यासलाई प्रवद्र्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने विश्वास लिएको छ ।

  • EBL Ad news