काठमाडौं : बुंगल हाइड्रो लिमिटेडलाई २९ लाख ५ हजार कित्ता आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँको दरले २९ करोड ५ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न अनुमति पाएको हो । यसमा हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।








