काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आईपीओ निष्कासनको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १५ गते आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । सर्वसाधारणमा कम्पनीले आफ्नो जारी पूँजीको ३५ प्रतिशत शेयर निष्कासन गर्न अनुमति पाएको हो ।








