काठमाडौं : नबिल बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई (३ अर्ब रुपैयाँको) ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । जसमध्ये १२ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।








