काठमाडौं : हिम स्टार ऊर्जा कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ११ करोड ५१ लाख ३६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (असार १० गते) बिहान १०ः०६ बजेसम्म ६० हजार २८० जनाले ११ लाख ५१ हजार ३६० कत्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १२.३४ गुणा बढी आवेदन हो ।
हिम स्टार ऊर्जा कम्पनीले जेठ ३० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार २५० कित्ता आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।







