काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा ५२ अर्ब ६० करोड ८ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको छ ।
बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार यो साता उक्त रकम बराबरको १२ करोड ८२ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
गत साताको तुलनामा यो साता २ अर्ब १९ करोड ७ लाख रुपैयाँभन्दा बढीको १ करोड ६४ लाख २० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साता ५० अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको ११ करोड १८ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
पछिल्ला कारोबार दिन बजार बढ्न नसके पनि कारोबार रकम भने वृद्धि भइरहेको छ । औसतमा यो साता कारोबार रकम ४३ करोड ८१ लाख रुपैयाँभन्दा बढी र कारोबार कित्ता ३२ लाख ८४ हजारभन्दा बढी भएको छ ।







