काठमाडौं : जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, असार ७ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र यसको हकप्रद सेयर भर्न पाउनेछन् ।







