ट्रेड टावर लिमिटेडको आइपीओ बाँडफाँट


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ट्रेड टावर लिमिटेडको आइपीओ बाँडफाँट

काठमाडौं : ट्रेड टावर लिमिटेडको आइपीओ आज आइतबार (असार १ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ३ लाख २९ हजार ६५० जनाले सेयर हात पारेका छन् । जसमध्ये ३ लाख २९ हजार ६४५ जनाले १० कित्ता र ५ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् । 

बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार यस आइपीओमा २० लाख ७४ हजार २८५ जनाले आवेदन दिएका थिए । जसमध्ये १४ हजार ८९७ जनाको आवेदन रद्द भएको थियो भने रितपूर्वक आवेदन दिएका २० लाख ५९ हजार ३८८ जनालाई गोलाप्रथामा समावेश गराइएको थियो ।

Read More
  • MBL - below news