काठमाडौं : ट्रेड टावर लिमिटेडको आइपीओ आइतबार (असार १ गते) बाँडफाँट हुदैछ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार ट्रेड टावरको आइपीओ असार १ गते आइतबार होटल क्रिष्टल पशुपति, गौशाला काठमाडौंमा बिहान ९.३० बाँडफाँट गर्ने तयारी गरिएको हो ।
यता, ट्रेड टावरको आइपीओ हात पार्न भाग्यकै भर पर्नुपर्नेछ । यसमा मागभन्दा ७.८२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा २१ लाख ६९ हजार ८९१ जनाले कुल २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ३ लाख २९ हजार ६५० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १८ लाख ४० हजार २४१ जनाको भने हात खाली हुनेछ ।







