नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्षमा हालसम्म १० वटा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्न स्वीकृति प्रदान गरेको छ। बोर्डले आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनाबाट मात्रै आईपीओ स्वीकृत दिन थालेको हो, त्यसयता १० कम्पनीले सार्वजनिक निष्कासनका लागि अनुमति पाएका छन्।
आईपीओ स्वीकृति पाएका कम्पनीमध्ये ४ वटा जलविद्युत् (हाइड्रोपावर), ३ वटा लघु बीमा कम्पनी, २ वटा अन्य क्षेत्रका तथा १ वटा उत्पादन र प्रशोधन क्षेत्रको कम्पनी रहेका छन्। हालै मात्र, दरमखोला हाइड्रो इनर्जीलाई २०८२ साल जेठ २० गते आईपीओ जारी गर्ने अनुमति दिइएको हो।







