नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा) को हरित ऋण पत्रमा करीब ४ गुणाभन्दा बढीले आवेदन दिएका छन् । ७ वर्ष अवधि भएको र वार्षिक ६ प्रतिशतको दरले व्याजप्रदान गर्नेगरी निफ्राले जारी गरेको रु. ५ अर्बको हरित उर्जा ऋणपत्रमा उक्त आवेदन परेको हो । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा जेठ १८ गतेदेखि निष्काशन सुरु भएको यस ऋणपत्र निष्काशनको कार्य जेठ २५ गते सम्पन्न भएको थियो ।






