सान्भि इनर्जीको आईपीओ बाँडफाँट, १८ लाखभन्दा बढी आवेदकको हात खाली


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सान्भि इनर्जीको आईपीओ बाँडफाँट,  १८ लाखभन्दा बढी आवेदकको हात खाली

काठमाडौं । सान्भी इनर्जी लिमिटेडले थप सर्वसाधारणमा जारी गरेको आईपीओ जेठ २६ गते सोमवार दिउँसो बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणमा जेठ ९ गतेदेखि १३ गतेसम्म २४ लाख १५ हजार ३०० कित्ता आईपीओ जारी गरेको थियो । तोकिएको अवधिभित्र मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट २ लाख ४१ हजार ५३० जना आवेदकहरुमा १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल २० लाख ४३ हजार २४९ जनाले २ करोड ३९ लाख ९१ हजार ८२० कित्ता खरीद माग गर्दै आवेदन दिएका थिए । कुल आवेदकहरुमध्ये २० लाख ३० हजार १५७ जनाको आवेदन रितपूर्वक भएको विक्री प्रबन्धकको भनाई छ । कम्पनीको आईपीओ आवेदन दिएकामध्ये १८ लाखभन्दा बढीको हात खाली भएको छ ।

Read More
  • MBL - below news