काठमाडौं : मे महिनामा भारी मात्रामा लगानी गरेपछि विदेशी लगानीकर्ताहरुले जुनको पहिलो सातामै भारतीय सेयर बजारबाट ८ हजार ७४९ करोड रुपैयाँ (भारु) फिर्ता लगेका छन् । अमेरिका–चीन व्यापार तनाव पुनः चर्किनु र अमेरिकी बन्ड प्रतिफलमा आएको वृद्धिले लगानीकर्तालाई जोखिमयुक्त सम्पतिबाट सुरक्षित विकल्पतर्फ मोडिएको विश्लेषकहरुले बताएका छन् ।
डिपोजिटरीमा उपलब्ध तथ्यांकअनुसार विदेशी लगानीकर्ताले मे महिनामा १९ हजार ८६० करोड र अप्रिलमा ४ हजार २२३ करोड सेयर बजारमा लगानी गरेको बिजनेस स्टान्डर्डले जनाएको छ । तर, त्यो लगानीलाई पछाडि पार्दै जुनको सुरुमै व्यापक रकम झिकेको देखिएको हो ।यसअघि एफपीआइहरुले मार्चमा ३ हजार ९७३ करोड, फेब्रुअरीमा ३४ हजार ५७४ करोड र जनवरीमा ७८ हजार ०२७ करोड निकालेका थिए ।







